Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य तेजमान तुम्बाहाम्फेको निधन भएको छ ।

तेह्रथुमको म्याङलुङका स्थायी निवासी नेता तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गएराति पौने १० बजे निधन भएको हो ।

तुम्बाहाम्फे २०१५ सालको निर्वाचनमा क्षेत्र नम्बर २६ धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

तुम्बाहाम्फेको निधनमा कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

त्यस्तै, चैत २६ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077