Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओली भन्छन् – प्रधानमन्त्रीलाई तारा झारिदेऊ भन्यो भने जुन पनि झारिदिऊँला भन्नुहुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘कमिटमेन्ट’को मात्रै वर्षा गर्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले देश आर्थिक संकटमा धकेलिँदै गइरहेका बेला पनि प्रधानमन्त्री प्रचण्डले भने ढुक्क, आराम, आनन्द र प्रशन्न चित्तमा ‘कमिटमेन्ट’को वर्षामात्रै गर्ने गरेको बताए ।

विज्ञहरुले समेत देशमा रेमिट्यान्सबाट कर्मचारीलाई तलब खुवाउन पर्ने स्थिति आएको भनिरहेको बेला पनि सरकार र प्रधानमन्त्री प्रचण्डले भने राम्रो छ भनेर बसिरहेको ओलीले बताए ।

बैंकले पैसा दिन नसक्ने अवस्था आएका बेला पनि प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र राम्रो छ भनेर आश्वासन दिन पछि नपरेको भन्दै ओलीले असन्तुष्टि समेत व्यक्त गरे ।

‘प्रधानमन्त्रीज्यू तपाईंहरूको बीचमा पनि आएर बोल्नुभयो होला। ढुक्क, आराम, आनन्द, प्रशन्न चित्त हुनुहुन्छ उहाँ। केही पनि छैन। भन्नु पर्दा पनि उहाँले केही बाँकी राख्नु हुन्न,’ उनले भने, ‘तारा झारिदेऊ भन्यो भने तारा मात्रै होइन, जुन पनि झारिदिऊँला भन्नुहुन्छ। कमिटमेन्टका लागि कुनै खडेरी पर्दैन। कमिटमेन्टको वर्षा हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077