Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनियाँ सेनाले थाल्यो ताइवानलाई घेरा हाल्ने अभ्यास

एजेन्सी । चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ ।

ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको हो ।

चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ ।

ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा लडाकु पानी जहाजले चीन र ताइवान छुट्याउने मध्य रेखा पार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077