Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

थाइल्याण्डमा गोली चल्यो, चार जनाको मृत्यु

एजेन्सी । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।

'सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,' स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले भने।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो ।

थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077