Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारसँग वार्ता गर्न मिटरब्याज पीडितले बनाए १९ सदस्यीय वार्ता टोली

काठमाडौं । मिटरब्याज पीडितहरुले सरकारसँग वार्ता गर्न १९ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

न्यायको माग गर्दै २० चैतदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरुले गृह मन्त्रालयको टोलीसँग वार्ता गर्न टोली गठन गरेका हुन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको नेतृत्व गर्दै आएका अवदेश कुशवाहको संयोजकत्वमा गठित टोलीमा ११ जिल्लाका समिति अध्यक्षसहित अन्य जिल्लाका पीडित र अभियन्ता रहेका छन् ।

सरकारले पनि शुक्रबार गृह मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइरालाको संयोजकत्वमा ५ सदस्यीय टोली बनाएर पीडितलाई वार्तामा बोलाएको थियो।

यसैवीच सरकारले गठन गरेको सरकारी टोली र पीडित टिमबीच आजै छलफल गर्ने तयारी रहको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077