काठमाडौं । केही समय अगाडि प्रदर्शनमा आएको फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटीमा रिलिज हुने भएको छ ।
पूर्वसन्ध्यामा 'फेरि भेट होला नहोला' बोलको गीत रिलिज गर्दै छुटेका दर्शकलाई लक्षित गरी फिल्म सार्वजनिक गर्न लागेको निर्माण टिमले जानकारी गराएको हो ।
सिनेमा घर एपमा सार्वजनिक हुन लागेको फिल्मले आउँदो नयाँ वर्ष अर्थात् वैशाख १ गतेबाट ओटीटी यात्रा सुरु गर्नेछ ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ ।
https://youtu.be/9OEu43_Yn4M