Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालय भन्यो- कोरोना संक्रमण बढ्यो, खोप लगाउनूहोस्

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले भाइरसविरुद्धको खोप लगाउन सबैमा अपिल गरेको छ ।

मन्त्रालयले दैनिक संक्रमण बढिरहेकाले फैलन नदिन पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन खोप लगाउन आग्रह गरेको हो ।

शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ । शनिबार मात्रै देशभर थप ६४ जनामा संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा १५ आइसोलेशन, आठ सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077