Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रवि लामिछाने भन्छन् – ढाकाकुमारलाई कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनू

    रवि लामिछाने भन्छन् – ढाकाकुमारलाई कारबाही गर्न नसके मलाई गढीमाईमा बलि दिनू

    अनलाइन नेपाल
  • आइतबार, २६ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई सांसद ढाकाकुमार श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्ने दाबी गरेका छन् ।

    आइतबार अपराह्न बारा २ को चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सो दाबी गरेका हुन् । आज नै सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो । रास्वपाले उनलाई निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाइसकेको सभापति रविले बताए ।



    रविले पैसा मागेको अडियो सार्वजनिक हुन बित्तिकै आफूले सत्यतथ्य छानबिन गर्न निर्देशन दिइसकेको उनको भनाई छ । दुई घण्टा बितिसकेको भन्दै उनले अबको ७० घण्टाभित्र कारबाही गरिछाड्ने उनले बताए । आफूले तोकेको समयमा कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि दिए हुने बताए ।



    ‘म स्पष्ट पार्न चाहान्छु, भ्रष्टाचारको विषयमा हाम्रो पार्टीको भनाइ, हाम्रो गराइ र हाम्रो कुरा सधैँ एउटै हो । चाहे जसले गरोस् । यो अडियो सार्वजनिक हुन बित्तिकै मैले ७२ घण्टाभित्र छानबिन गरेर कारबाही गर्नू भनेर अल्टिमेटम दिएको छु,’ उनले भने, ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अबको ७० घण्टाभित्र सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्न सकिनँ भने मलाई यही गढीमाईमा बलि दिनू ।’

    श्रेष्ठ दोषी देखिएको खण्डमा आफैं प्रहरी र अख्तियारमा आफैं हस्ताक्षर गर्न जाने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार