Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता सोमबार पुनः हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबार पुनः वार्ता हुने भएको छ ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आइतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।

वार्तामा सङ्घर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरू गम्भीर रहेको बताउँदै भोलि पुनः वार्तामा बसेर समस्या समाधान गर्ने आश्वासन दिएको थियो ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077