Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मिटरब्याजपीडित र सरकारबीच आज पनि गृह मन्त्रालयमा वार्ता हुने

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिबीच आज बिहान साढे ११ बजे गृह मन्त्रालयमा वार्ता हुन लागेको हो ।

गृह मन्त्रालयका सहसचिव कोइराला नेतृत्वको सरकारी वार्ता टोलीसँग आइतबार शान्तिवाटिकामा भएको पहिलो वार्ता निष्कर्षमा नपुगेपछि आज दोस्रोपटक वार्ता हुन लागेको बताइएको छ ।

मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषको निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।

वार्तामा मिटरब्याजपीडितका तर्फबाट अवधेश कुशवाहा नेतृत्वको टोली सहभागी हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077