Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • विद्यार्थी चढेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

    विद्यार्थी चढेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 1.2K
    SHARES

    धनगढी। कैलालीको चुरे गाउँपालिकाको फल्टुडेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    भीमदत्त राजमार्गअन्तर्गत सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको हो ।



    मृतक अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रबाट एसइई दिएर घर फर्किँदै थिए ।

    अत्तरियाबाट फल्टुडे जाँदै गरेको जिपमा सवार १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीय सरस्वती धामी घाइते भएका छन् ।

    घाइतेहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भैरहेको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरू पनि एसइई दिएर फर्किएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार