Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विद्यार्थी चढेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

धनगढी। कैलालीको चुरे गाउँपालिकाको फल्टुडेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको हो ।

मृतक अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालय केन्द्रबाट एसइई दिएर घर फर्किँदै थिए ।

अत्तरियाबाट फल्टुडे जाँदै गरेको जिपमा सवार १६ वर्षीय प्रकाश धामी, १७ वर्षीय हरिश धामी र १८ वर्षीय सरस्वती धामी घाइते भएका छन् ।

घाइतेहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भैरहेको कैलाली प्रहरीले जनाएको छ । घाइतेहरू पनि एसइई दिएर फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077