Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गृह मन्त्रालयमा मिटरब्याज पीडितको अर्को टोलीसँग सरकारको वार्ता

काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीचको वार्ता सुरु भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिबिच सोमवार वार्ता चलिरहेको छ ।

वार्तामा मिटर ब्याज पीडितले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार छलफल भए पनि सहमति नभए पछि सोमवार पुनः वार्ता सुरु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077