Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

फेसबुकमा महिलाको चरित्र हत्या गर्ने कादिर पक्राउ

काठमाडौं। प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका ६ मा बस्ने २० वर्षीय कादिर मोमिन छन्।

कादिरले सामाजिक सञ्जालमा पीडित महिलाको वाल टाइमलाइनमा अन्य महिलाको शरीरको तस्बिर जोडेर अश्लिल शब्द लेखी तस्बिर र भिडिओ पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ ।

कादिरले पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामग्रीमा समेत अश्लिल क्याप्सन राखेर दुस्ख दिने गरेका थिए । सोही विषयमा कारबाहीको लागि साइबर ब्युरोमा निवेदन परेको थियो।

अनुसन्धान गर्ने क्रममा कादिरलाई साइबर ब्युरो र जिप्रका झापाको सहयोगमा गत शुक्रबार पक्रेको थियो। पक्राउ परेका उनमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ४ दिन म्‍याद थप गरी आवश्‍यक कारबाहीका लागि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077