Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घुससहित बर्जु गाउँपालिकाका इन्जिनियर मेहता पक्राउ

सुनसरी । सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई पक्राउ गरेको हो ।

उनलाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार २० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएको बताइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077