Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ढाका-प्रसाईँ अडिओ प्रकरण

    रास्वपा सांसद ढाकाकुमारले पार्टीमा बुझाए स्पष्टीकरण

    रास्वपा सांसद ढाकाकुमारले पार्टीमा बुझाए स्पष्टीकरण

    अनलाइन नेपाल
  • सोमबार, २७ चैत्र २०७९
  • 552
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले सोमबार पार्टीमा स्पष्टीकरण बुझाएका छन् ।

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको विषयमा सांसद श्रेष्ठले ह्वाट्सएपमार्फत पार्टीमा स्पष्टीकरण बुझाएका हुन् ।



    रास्वपाका अनुशासन समितिका प्रमुख भरतमणी देवकोटाले स्पष्टीकरण आएको बताए । अब मंगलबार बिहान ११ बजे उक्त समितिको बैठक बस्ने र त्यस समितिले एक निष्कर्ष निकालेर केन्द्रीय समितिलाई सिफारिस गर्ने बताइएको छ ।



    प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार