Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • यस्तो छ रास्वपा सांसद ढाकाकुमारको सार्वजनिक भएको दोस्रो अडियो

    यस्तो छ रास्वपा सांसद ढाकाकुमारको सार्वजनिक भएको दोस्रो अडियो

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 564
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ ।आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो ।

    दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो । दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका छन् । अडिओको पछिल्लो भागमा ढाकाकुमारले दुर्गा प्रसाईंले आफ्नो पक्षमा केही बोलिदिए आफूलाई सहज हुने माहोल बन्थ्यो कि भन्दै गौतमलाई फोन गरेको सुनिन्छ ।



    ‘दुर्गाजीले मेरो अडिओको बारेमा बोलिदिनुभयो भने सकारात्मक सन्देश जान्थ्यो, केही सहज हुन्थ्यो कि भन्ने कुरा हो। तपाईंले मध्यस्थ गरिदिनुहुन्थ्यो कि भन्ने कुरा क्या सर। अब यो नहुने कुरालाई बढाएर के फाइदा,’ फोनमा ढाकाकुमार भन्ने व्यक्तिले भनेका छन्।



    उनीसँग फोनमा बोल्ने व्यक्तिले भने आफू गाडीमा भएकाले ुत्यो विषयमा सल्लाह गरौंला सर, भरे कुरा गरौंलाु भन्दै फोन काटेका छन् ।

    सार्वजनिक अडिओको पहिलो भागमा भने ढाकाकुमारका भाइ भन्दै एक जनाले दुर्गा प्रसाईंलाई फोन गरेका छन्।

    उनले हो भन्छन्। यसपछि प्रसाईंलाई फोन गर्ने व्यक्तिले ुदाइलाई अब पार्टीले कारबाही गर्ने भयो, सांसद पद जाने भयोु भन्छन्। दुर्गा प्रसाईंले ‘यसमा मैले के गर्नुपर्छ त भन्नु न’ भनेर सोध्छन्।

    ‘मैले अघि एउटा अन्तर्वार्तामा पनि भनेँ, माग्ने ढाकाकुमार श्रेष्ठको गल्ती होइन। माग्न लाउनेको पो गल्ती हो त।बरू मैले कसरी सहयोग गर्न सक्छु भन्नु न,’ प्रसाईंले भनेका छन्।

    फोनमा ढाकाकुमारका भाइ भन्ने व्यक्ति भन्छन्, ‘जे भए पनि दाइले बीचमा पारे क्यार। लाटो सोझो मान्छेलाई बीचमा पारे। हजुरले बुझिदिनुपर्‍यो। दाइले एकपटक भेट्ने भन्नुभएको छ।’

    प्रसाईं भन्छन् ‘म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’

    आफूलाई ढाका कुमारको भाइ भनेर चिनाएका ती व्यक्तिले ‘दाइले एकचोटि कुरा गर् न त’ भनेर भनेकाले आफूले फोन गरेको प्रसाईंलाई बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार