Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हालसम्म नवीकरण नगरेका सम्बन्धन प्राप्त क्याम्पसलाई वैशाख मसान्तभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

उपकुलपति कार्यालयको योजना निर्देशनालयले सूचना जारी गर्दै विभिन्न सङ्काय तथा संस्थानहरूको प्राज्ञिक नियन्त्रणमा रही कार्यक्रमहरू सञ्चालन गरेका क्याम्पसर कलेजहरू मध्ये कतिपयले हालसम्म पनि नवीकरण नगरेको पाइएकाले किन खारेज नगर्ने भनी सोधेको हो ।

नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ। सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्।

नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन् । नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077