Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भिषण आगलागी हुँदा रौतहटमा २१ घर जलेर नष्ट

    भिषण आगलागी हुँदा रौतहटमा २१ घर जलेर नष्ट

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 387
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् ।

    जिल्लाको माधवनारायण नगरपालिका–४ मानपुर बिसुनपुर्वा गाउँमा आइतबार अपराह्न भएको आगलागीमा२१ घर जलेर नष्ट भएका हुन् ।



    प्रहरीका अनुसार आगजनीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्नलगायतका लत्ताकपडा, नगद र गरगहना जलेर क्षति पुगेको छ ।



    घरमा आगो लागेको झन्डै २ घण्टापछि चन्द्रपुर र सदरमुकाम गौरबाट बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो  । मानपुरका स्थानीय जिउत मुखिया विनको घरबाट सल्किएको आगो पालैपालो गरी २१ घरमा पुगेको थियो ।

    फुसको, खपडा र पक्की घरमा सल्केको आगोले पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । जितउको घरमा खाजा बनाउन लाग्दा आगो सल्किएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार