Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रास्वपा सांसद ढाकाकुमारमाथि अख्तियारले थाल्यो अनुसन्धान

    रास्वपा सांसद ढाकाकुमारमाथि अख्तियारले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 627
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

    सञ्चारमाध्यमबाट सार्वजनिक भएको अडिओको आधारमा अख्तियारले सांसद श्रेष्ठमाथि अनुसन्धान सुरु गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको छ ।



    रास्वपा सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको भिडियो कपुरबोट डट्कमले सार्वजनिक गरेको थियो । उक्त अडियोमा श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको सुनिन्छ ।



    यस्तै सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण’का बारेमा छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक पनि आज बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार