Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तनहुँ पुगेर विश्वप्रकाशले भने- असन्तुष्टि थाती राखि एकढिक्का भएर लागे जित सम्भव छ

    तनहुँ पुगेर विश्वप्रकाशले भने- असन्तुष्टि थाती राखि एकढिक्का भएर लागे जित सम्भव छ

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 561
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि एकढिक्का भएर लाग्न आग्रह गरेका छन् ।

    नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आज आयोजित छलफलमा महामन्त्री शर्माले जित्ने गरी तयारीमा लाग्नुपर्ने बताएका हुन् ।



    तनहुँ क्षेत्र नं १ मा पार्टीका तर्फबाट उम्मेदवार रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई विजयी गराउन पार्टीमा हुनसक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का हुनुपर्ने महामन्त्री शर्माको भनाइ थियो ।



    महामन्त्री शर्माले आर्थिक विषयमा समेत ज्ञान भएको नेता संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको तर्क गरे।

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा वैशाख १० निर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार