Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसले फेरि सरकारको नेतृत्व लिन सक्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले अहिले गठबन्धन सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्नसक्ने अवस्था नभएको बताए । तर आफूहरुले सोचे अनुसारको काम गर्न कांग्रेसलाई फेरि बहुमत चाहिने बताए।

सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिनसक्ने दाबी गरे । अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको देउवाले स्पष्ट पारे।

सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए ।

सभापति देउवाले संविधान अनुसार सरकार बनाउन पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको दोहोर्‍याए । अहिलेको अवस्थामा गठबन्धन नै आवश्यक रहेको भन्दै यसले आफ्नो पार्टीलाई अगाडि बढ्न बल पुगेको देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077