Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

वैवाहिक बलात्कार आरोप लागेका न्यायाधीश गिरी सामाखुसीबाट पक्राउ

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी सामाखुसीबाट पक्राउ परेका छन् ।

आफ्नै श्रीमतीलाई बलात्कार गरेको जाहेरीका आधारमा उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जाहेरी सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले चैत्र २२ मा पक्राउ पुर्जी जारी गरेको थियो।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी (रावल) ले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077