Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दुई करोड काण्डमा मुछिएका ढाकाबारे बुधबार निर्णय हुन्छ : रवि लामिछाने

    दुई करोड काण्डमा मुछिएका ढाकाबारे बुधबार निर्णय हुन्छ : रवि लामिछाने

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 834
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठ जोडिएको अडियोबारे बुधबार निर्णय हुने बताएका छन् ।

    मंगलबार चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रविले पार्टीको छानबिन समितिले गरेको सिफारिसअनुसार भोलि निर्णय हुने जानकारी दिए ।



    चितवनका चुनावी सभालाई सम्बोधन गर्दै सभापति रविले भने, ‘त्यो अडियो अथेन्टिक (आधिकारिक) हो र हाम्रो समितिले त्यसलाई कारबाही गर्न योग्य मान्यो भने कुनै पनि हालतमा कारबाही हुन्छ । यो फैसला भोलि नै हुनेछ ।’ रविले कसैले आफूसँग फोटो खिचेकै भरमा पैसा खाएमा आफूलाई आरोप लगाउन नहुने पनि बताए ।



    यस्तै डा. भरतमणि देवकोटा नेतृत्वको अनुशासन तथा आचारण समितिमा लिखित स्पष्टीकरणपछि मौखिक बयानका क्रममा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान राखेका छन् । सोमबार ईमेलमार्फत बुझाएको स्पष्टीकरणमा पनि उनले त्यही कुरा उल्लेख गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार