Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अनुशासन समितिले बुझायो सांसद श्रेष्ठको अडियोसम्बन्धी प्रतिवेदन, ढाकाको दाबी – अडियो मेरो होइन

    अनुशासन समितिले बुझायो सांसद श्रेष्ठको अडियोसम्बन्धी प्रतिवेदन, ढाकाको दाबी – अडियो मेरो होइन

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 600
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद ढाकाकुमार श्रेष्ठले घुस डिल गरेको अडियोसम्बन्धी प्रतिवेदन बुझाएको छ ।

    सांसद श्रेष्ठसँग मंगलबार दिउँसो एक घण्टा लामो बयान लिएको अनुशासन समितिले साँझ सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।



    प्रारम्भिक बयानमा सांसद श्रेष्ठले अडियो आफ्नो नभएको बयान दिएका छन् । लिखित स्पष्टीकरणपछि मौखिक बयानका क्रममा श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान राखेको बताइएको छ । सोमबार ईमेलमार्फत बुझाएको स्पष्टीकरणमा पनि उनले त्यही कुरा उल्लेख गरेका थिए ।



    उनले दुर्गा प्रसाईलाई नचिनेको र उनीसँग फोन संवादसमेत नगरेकोसमेत जिकिर गरेका छन् । सभापति लामिछानेले सांसद श्रेष्ठ जोडिएको अडियोबारे बुधबार निर्णय हुने जानकारी दिए ।

    सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि बुझाउनुपर्ने भन्दै पैसा मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार