Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बैतडीमा जिप दुर्घटना : एकै गाउँका ६ को मृत्यु, पाँचजना सकुशल

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जयपृथ्वी राजमार्गअन्तर्गत जिल्लाको पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति करिब ११ः२५ बजे से १ ज ७६४ नम्बरको भण्डारी ट्रावल्सको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् । उनीहरू सबै एकै गाउँका रहेको बताइएको छ ।

जिपमा सवार पाँचजना सकुशल छन् । जिप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।जिप सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077