Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, श्रेष्ठलाई सांसदबाट हटाउने तयारी

    रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, श्रेष्ठलाई सांसदबाट हटाउने तयारी

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 606
    SHARES

    काठमाडौं । सांसद डा. ढाकाकुमार श्रेष्ठबारे आज निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दै छ । आज बिहान ९ बजे चितवनमा केन्द्रीय समितिको जुम बैठक बस्न लागेको हो ।

    अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ विवादित छन् । उनले मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसित दुई करोड रुपैयाँ माग गरेको भन्ने अडियो सार्वजनिक भएको हो ।



    उक्त अडियो उनको भएरनभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ । रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे मंगलबार पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।



    प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिएका छन् । तर सांसद श्रेष्ठलाई रास्वपाले सांसद र पार्टी साधारण सदस्य समेत नरहनेगरी निलम्बन गर्ने तयारी गरेको छ । भ्रष्टाचारको प्रकरणमा मुछिनेलाई छोड्न नहुने भन्दै सभापति लामिछानेले आपतकालीन केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार