Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कारबाही भए रविसहितको ‘कोर टिम’ भण्डाफोर गर्ने ढाकाको चेतावनी

    कारबाही भए रविसहितको ‘कोर टिम’ भण्डाफोर गर्ने ढाकाको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 2K
    SHARES

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड माग गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे ‘कोर टिम’ भण्डाफोर गर्ने चेतावनी दिएका छन् ।

    अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिलाई मंगलबार करिब एक घण्टा बयान दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।



    श्रेष्ठसँग समितिले मंगलबार एक घण्टा लामो बयानसमेत लिएको थियो । त्यसअघि श्रेष्ठले सोमबार इमेलमार्फत् लिखित स्पष्टीकरण बुझाएर आफ्नो आवाज एडिट गरेको दाबी गरेका थिए । मंगलबार भौतिक रुपमा अनुसन्धान समिति समक्ष उपस्थित भएका श्रेष्ठले उक्त अडियो आफ्नो नभएको अडान दोहोर्याएका छन् ।



    उनले बयानका क्रममा अधिकांश समय रास्वपा गठनमा आफ्नो योगदान सम्झन आग्रह गरेका थिए । उनले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने बयान दिए । ‘मलाई फसाउन खोजिएको हो, यस्तो अप्ठ्यारो परेका बेला मलाई एक्लो पारिए कोर टिमका बारेमा सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु भनेर उनले धम्की दिएका छन्,’ स्रोतले भन्यो ।

    समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । श्रेष्ठले मन्त्री हुन दुई करोड लामिछाने निकट कोर टिमलाई बुझाउनु पर्ने भन्दै प्रसाईंसँग मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो। रास्वपाले त्यसबारे अनुसन्धानका लागि डा। भरतमणि देवकोटाको संयोजकत्वमा ४ सदस्यीय अनुसन्धान समिति बनाएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार