Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादीको सचेतकमा रूपा सोशी चौधरी चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् ।

सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए।

चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिइन्। उनी कैलालीबाट प्रतिनिधित्व गर्छिन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ ।

बैठकले संसद्मा सशक्त ढङ्गबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077