Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बुधबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको हो ।

तेजावी सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले नै बढेर १ लाख १० हजार २५० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077