Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्रोत नखुलेको २० लाख नगद बरामदसहित एक जना पक्राउ

पर्सा। सशस्त्र प्रहरीले पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद गरेको छ ।

सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्प पोखरिया र गण नम्बर–१३ बाट खटिएको टोलीले सो रकम सहित धोबिनी गाउँपालिका–५ घर भएका अलिम मिया अन्सारीलाई पक्राउ गरेको हो।

भिस्वाबाट वीरगन्जतर्फ आउँदै गरेको ट्याक्टरलाई रोकेर चेकजाँच गर्दा आरोपीको साथमा सो नगद भेटिएको थियो ।

ट्याक्टरमा लिएर आउँदै गरेको अवस्थामा बिज बिजक नभएको २ सय किलो काजु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

आरोपीलाई बरामद नगद र काजु सहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077