Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले इटहरी पुगेर भने- 'कोशी' प्रदेश नामकरण हुनु राम्रो हाे

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश नामकरण हुनु राम्रो भएको बताएका छन्।

बुधबार सुनसरीको इनरुवा पुगेका नेता नेपालले कोशी प्रदेश नामकरण हुनु उपयुक्त भएको बताएका हुन् ।

अध्यक्ष नेपालले कोशी प्रदेश सचिवालयले नामकरणको विषयलाई सकारात्मक तरिकाले हेरेकाले आफूहरू नामकरणमा असन्तुष्ट नरहेको स्पष्ट पारे ।

उनले अन्य प्रदेशको नामकरण पनि भूगोलकै आधारमा भएको भन्दै यसले राम्रो सन्देश गएको बताए ।

प्रदेशको नाम कोशी प्रदेश राख्ने भन्ने विषयमा नेकपा एकीकृत समाजवादीका सांसदले भने विपक्षमा मत हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077