Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर महानगरकी प्रमुख दाहाल र चिनियाँ राजदूतबीच भेट, मेट्रोरेल चलाउन चीनसँग प्रस्ताव

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच भरतपुर महानगरपालिकामा बुधबार शिष्टाचार  भेटवार्ता भएको हो ।

भेटमा आपसी हित, दुई देशबीचको सम्बन्ध, भरतपुरसँग भगिनी सम्बन्ध भएका सहर, विकासमा भरतपुर र चीनबीच गर्न सकिने सहकार्यको बारेमा छलफल भएको बताईएको छ ।

भेटवार्ता क्रममा महानगरपालिका प्रमुख दाहालले भरतपुर महानगरपालिका क्षेत्रमा मेट्रो रेल चलाउन चीनको सहयोगमा निर्माणको लागि प्रस्ताव गरेकी छन् ।

त्यस्तै, दाहालले भरतपुर महानगरीय नेपाल-चाइना मैत्रीपार्क निर्माणका लागि सहयोग प्रस्ताव राजदूत चेन सोङसँग गरेकी छिन्।

प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ मा चिनियाँ राजदूत चेनमार्फत चिनियाँ पर्यटकलाई निम्तो पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077