Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नपुग्दा बुधबारको बैठक स्थगित भएको छ ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयकमाथि सामान्य छलफल सकेर विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्न खोज्दा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

संविधानबमोजिम एकचौथाइ उपस्थित हुनुपर्नेमा तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या एकीन गर्दा संख्या नपुगेएकाले बैठक स्थगित भएको हो।

प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077