Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ढाकाकुमार श्रेष्ठ भन्छन् – अदालतबाट क्लिन चिट ल्याएपछि भेटौँला

    ढाकाकुमार श्रेष्ठ भन्छन् – अदालतबाट क्लिन चिट ल्याएपछि भेटौँला

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 879
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।

    बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको समेत दाबी गरे ।



    आफूमाथि लागेको आरोपबारे छानबिन गर्न पार्टीले निलम्बन गरेको विषयलाई स्वागत गरेको उल्लेख गर्दै सांसद श्रेष्ठले अदालतबाट ‘क्लिन चिट’ लिएर फेरि राजनीतिमा सक्रिय हुने बताए ।



    ‘म पार्टीबाट निलम्वित भएको सदस्य पनि हो । म न्यायालय गएर सम्पूर्ण कुराहरु गरेर क्लिन चिट गरेर म तपाईहरुसँग आउनेछु । मेरो कारणले पार्टी र उपनिर्वाचनलाई जुन अफ्ठ्यारो स्थिति आएको छ, यसप्रति म क्षमाप्रार्थी छु । यो अडियो फसाइएको हो, सुनिश्चित रुपमा । जनवरीको अडियो अहिले ल्याएर हाल्नु भनेको हाम्रो पार्टीलाई चारतिरबाट प्रहार गर्ने षड्यन्त्र भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार