Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीमा एक वृद्धको पेटभित्र भेटियो रक्सीको बोतल

धनगढी । धनगढीमा एक जना वृद्धको पेटभित्र रक्सीको बोतल भेटिएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको एक्सरे गर्दा पेटमा रक्सीको बोतल देखिएको हो ।

रोक्कामगरले केहि दिनअघि मदिरा सेवन गर्ने क्रममा साथीले मलद्वारबाट बोतल पेटमा घुसाइदिएको बताएका छन् ।

बिहीबार पेट दुखेपछि अस्पताल आएका रोकामगरको एक्सरे गर्ने क्रममा बोतल देखिएकोहो । मगरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि रौतहटका एक युवाको पेटमा पनि यस्तो बोटल भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077