Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फेरि बढ्दै कोरोना संक्रमणको दर, एकै दिन १०६ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभरबाट १४८८ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४१ र एन्टीजेनबाट ९४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको छ ।

यो अवधिमा ७४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ।

मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077