Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरी सहायक निरीक्षक घुससहित रंगेहात पक्राउ

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित प्रहरी सहायक निरीक्षकलाई रंगेहात पक्राउ गरेको छ ।

सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सचिन भदैसवार ९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

उनी मुद्दा फाँटमा कार्यरत रहेको बुझिएको छ ।

एउटा मुद्दा मिलाइदिने भनेर सेवाग्राहीबाट घुस रकम लिएलगत्तै इलाका प्रहरी कार्यालय नजिकैबाट उनलाई पक्राउ गरिएको स्रोतले बतायो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077