Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • ढाकाकुमार सांसद नरहेको रास्वपाको पत्र संसद् सचिवालयमा दर्ता

    ढाकाकुमार सांसद नरहेको रास्वपाको पत्र संसद् सचिवालयमा दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 432
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्कासन जानकारी संघीय संसद् सचिवालयलाई दिएको छ । बिहीबार रास्वपाले संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको हो ।

    रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले संघीय संसद् सचिवालयाई महासचिवलाई लेखेको पत्र बिहीबार दर्ता गराएका हुन् ।



    प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीले २०७९ चैत्र २९ गते विधानको व्यवस्थाअनुसार कारबाही गरेको जानकारी रास्वपा संसदीय दलका नेता डोलप्रसाद अर्यालले संसद् सचिवालयलाई गराएका छन् । पत्रमा श्रेष्ठलाई पार्टीको विधानअनुसार केन्द्रीय समितिको बैठकले कारबाही गरेको उल्लेख छ ।



    उनको स्थानमा सांसद पद रिक्त हुने भएकाले कानुनबमोजिम पदपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।

    श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नका लागि पार्टीको ‘कोर टिम’ले साढे २ करोड पैसा मागेको र त्यसको व्यवस्थापन गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरेको फोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार