Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बलात्कारको उजुरी दर्ता गर्न समेत घुस, असई अख्तियारको फन्दामा

काठमाडौं । जबरजस्ती करणीको जाहेरी दर्ता गर्न सेवाग्राहीसँग एक प्रहरी सहायनक निरीक्षकले घुस लिएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती असईलाई पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो ।

बलात्कारको जाहेरी दर्ता गर्न सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सिरहास्थित ईलाका प्रहरी कार्यालय, मिर्चैयामा कार्यरत सचिन कुमार भदैसवारलाई अख्तियारले बिहीबार साँझ पक्राउ गरेको हो ।

मुद्दा शाखामा काम गर्ने भदैसवारलाई बर्दिवासस्थित अख्तियारको टोलीले मिर्चैया नगरपालिका ५, थानाचोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

असई भदैसवारको साथबाट सेवाग्राहीबाट लिइएको ९ हजार रुपैयाँसमेत बरामद उनले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077