Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकालाई चीनको आग्रह - चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्नू

एजेन्सी । चीनले अमेरिकालाई चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न आग्रह गरेको छ ।

अमेरिकी सेनाको गोप्य दस्ताबेज सार्वजनिक भएको विषयमा चीनले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन अमेरिकी पक्षलाई आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई स्पष्टीकरण दिन आवश्यक रहेको बताए । पेन्टागनका केही शङ्कास्पद गोप्य दस्ताबेजहरू हालै सार्वजनिक भएका थिए ।

चुहावट भएका पछिल्ला दस्ताबेजले अमेरिकी सरकार रूस र युक्रेनबीचको द्वन्द्वमा गहिरो रूपमा संलग्न रहेको र आफ्ना सहयोगीहरूको जासुसी गरिरहेको सङ्केत गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077