Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रबल जनसेवाश्रीबाट कैलालीका पूर्व प्रहरी प्रमुख अधिकारी विभूषित

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीका पूर्व प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी प्रबल जनसेवाश्री पदवीबाट विभूषित भएका छन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण मध्ये प्रबल जनसेवाश्री प्राप्त गरेका अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले विभूषित गरेका हुन् ।

एसपी अधिकारी कैलालीमा रहदा लागुऔषधको प्रभावकारी नियन्त्रण, चोरी निकासी पैठारी नियन्त्रण, टिकापुरमा भएको नाबालक हत्या, बडुवाल हत्या र अर्जुन दास हत्या जस्ता राष्ट्रिय चर्चाको बिषय बनेका केसहरुको सफल अनुसन्धान गरेका थिए । एसपी अधिकारीले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन नविनत् कार्यक्रमको रुपमा “हामीसंग हाम्रा प्रहरी” र लागु औषध नियन्त्रणका लागि “हाम्रा सन्ततीको भविष्य बचाउँ” कार्यक्रमको सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077