Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘जारी’ सामाजिक सञ्जालमा लिक भएपछि निर्माताले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं । फिल्म ‘जारी’ को भिडियो क्लिप्स सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेपछि निर्माताले आइतबार प्रहरीमा उजुरी दिएका छन् ।

निर्माता मणिराम पोखरेलले पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

अहिले हलमा प्रदर्शन भइरहेको ‘जारी’का दृश्यहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती हालिएको छ ।

त्यसरी हलमा खिचेर  फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिलाइदिन समेत उनले माग गरेका छन् ।

नयाँ वर्षदेखि प्रदर्शनमा आएको उपेन्द्र सुब्बा निर्देशित फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बरालको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077