Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापा भन्छन्– प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो भयो, खारेज गर्नुपर्छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अवस्था डरलाग्दो रुपमा धरासायी हुँदै गईरहेको बताएका छन् ।

आईतबार केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले सत्तासिन दलहरू यसतर्फ उदासिन भएको आरोप लगाए ।

बैठकमा थापाले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आवश्यक नभएको उनको जिकिर गरे ।

थापाले भने, 'मुलुकलाई विदेशीले ऋण पनि नपत्याउने स्थिति छ, तलब भत्ता खान ऋण लिनुपर्ने भयो, यस्तो अवस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुँदैन, खारेज गर्नुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077