Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव सम्पन्न

काठमाडौं । नयाँ वर्ष २०८० का अवसरमा काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव (पर्पल स्याटर्डे) सम्पन्न भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल ९रेबान०ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल रेबानका पदाधिकारीहरूले संयुक्त रूपमा महोत्सवको उद्घाटन गरेका थिए।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने लघु, घरेलु, साना तथा मझौला उद्यम एवम् पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको संस्कृति प्रवर्द्धन एवम् संरक्षणमा सहयोग गर्ने महोत्सवको मुल उद्देश्य रहेको एनसेलले जनाएको छ ।

कार्यक्रम सुरु भएदेखि बेलुकासम्म एक लाख ५० हजारभन्दा बढी मानिसहरूले महोत्सवमा भाग लिएका थिए। महोत्सवमा कलाकार तथा सांगितिक समुहहरूले आआफ्ना प्रस्तुति दिए।

कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेँलो बत्ती मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्को प्रस्तुति थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077