Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इनरुवामा लघुवित्तपीडित र प्रहरीबीच झडप, तीन जना घाइते

सुनसरी । लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ ।

प्रदर्शनकारीले इनरुवाको बसचोकस्थित पूर्वपश्चिम राजमार्गमा यातायात ठप्प पार्न खोजेपछि झडप भएको हो ।

झडपमा दुई प्रहरीसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सडक खुला गर्ने क्रममा आन्दोलनकारी पक्षले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा थालेपछि प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फका घाइते भएका हुन् ।

घाइते भएका तीनै जना जिल्ला अस्पताल इनरुवामा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077