Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाललाई समृद्ध बनाउन राजतन्त्र आवश्यक छ : राजेन्द्र लिङ्देन

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी व्यवस्था परिवर्तनको लडाइमा रहेको बताएका छन् ।

पाँचथर सदरमुकाम फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् । उनले राप्रापा सत्ता परिवर्तनको झिनो खेलमा नरहेको स्पष्ट पारे ।

‘हामी व्यवस्था परिवर्तको लडाइमा छौँ,’ लिङदेनले भने ‘व्यवस्था परिवर्तन नगरी देशलाई ठीक ढंगले चलाउन सकिन्न भन्ने हाम्रो निष्कर्ष हो।’

राजतन्त्रात्मक मुलुकहरू नै विश्वको सबैभन्दा धनी भएको उदाहरण दिँदै उनले नेपाललाई समृद्ध बनाउन राजतन्त्र आवश्यक रहेको बताए।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी पार्टी नामले मात्र फरक भएको तर कार्यशैली एउटै रहेको उनको भनाइ थियो थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077