Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले धनगढीमा, मुख्यमन्त्री शाहले गरे स्वागत

कैलाली । मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले आइतबार धनगढी आइपुगेका छन् ।

वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गर्न सडकमार्ग हुँदै नेपाल आएका प्रमुख चौथाईवालेलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका हुन् ।

यस्तै चौथाईवालेलाई सुदूरपश्चिमका भौतिक योजना मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश शाहीले स्वागत गरे ।

सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविधालय, भारत उत्तराखण्डको कुमाउ विश्व विद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएको बताइएको छ ।

सो कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ एवं सांसद आरजु देउवा राणा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077