Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ड्युटीमा खटिएका सशस्त्रका सहायक हवल्दारले आफैंलाई हाने गोली, घटनास्थलमै मृत्यु

दाङ । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंमाथि गोली प्रहार गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ टिकरीका ३५ वर्षीय बसन्त केसीले आफैंलाई गोली हान्दा घटनास्थलमै उनको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनले आइतबार बेलुका ८ बजेर ३५ मिनेटको समयमा आफैंलाई गोली हानेका थिए ।

कारागार सुरक्षा गुल्म तुलसीपुरमा केही दिनअघि मात्रै आएका केसीले ड्युटीकै क्रममा आफूलाई गोली हानेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

केसी ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077