Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रदेश संरचना आवश्यक छैन, खारेज गर्नुपर्छ : राजेन्द्र लिङ्देन

ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी प्रदेश संरचना खारेजको पक्षमा रहेको बताएका छन् ।

ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । अध्यक्ष लिङ्देनले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको बताए ।

कोशी प्रदेश नामाङ्कनको विषयमा अध्यक्ष लिङ्देनले सशस्त्र द्वन्द्वका बेला जाति विशेषलाई प्रदेश दिन्छु भन्दै बचन दिएका पार्टी र नेतृत्वले जिम्मा लिनुपर्ने बताए ।

कोशी प्रदेश नामाङ्कनको विषयमा आफ्नो पार्टी प्रदेश खारेजको पक्षमा रहेको स्मरण गराउँदै नामको विषयमा कुनै टिप्पणी नभएको बताए।

कर्मचारीका तलब भत्तासमेत ऋण लिएर, जनताबाट कर असुलेर सञ्चालन गरेकाले प्रदेश खारेज हुनुपर्नेमा उनको जोड छ।

केन्द्रको अधिकार तल्लो तहसम्म जानुपर्छ भन्ने विषयमा आफ्नाको कुनै आपत्ति नभएको तर अधिकारविहीन बनाएर आर्थिक भार थप्न राखिएको प्रदेश संरचनाका विरुद्धमा आफ्नो पार्टी उभिएको अध्यक्ष लिङ्देनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077