Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अघि बढाएको भन्दै विरोधमा उत्रिए चिकित्सक

काठमाडौं । चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रकृया विरुद्ध चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार दिउँसो माइतीघर मण्डलामा चिकित्सा शिक्षाका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरुले न्यायापालिका भन्दा ठूलो कार्यपालिका कसरी भयो, मिहेनत र मेरिटको सम्मान गर, लगाएतका प्लेकार्ड देखाएका थिए ।

योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय पढ्न नपाएको, बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने, अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुर्‍याएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077